५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महेन्द्र र चमेरे गुफामा निःशुल्क वाइफाइ




चिप्लेढुङ्गा । प्रविधिसँग शहरलाई जोड्ने क्रमसँगै पोखराको पर्यटकीय क्षेत्र महेन्द्र गुफा तथा चमेरे गुफामा निःशुल्क वाइफाइ सेवा शुरु गरिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने उक्त गुफा घुम्न आउने पर्यटकको सहजताका लागि वाइफाइ सुविधा राखिएको महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास समितिका संयोजक गुरुदत्त भट्टराईले जानकारी दिए ।

विन्ध्यवासिनी माविको संरक्षण तथा स्वामित्वमा रहेका दुवै गुफामा सेवा शुरु गरेको उनले बताए । पोखरा महानगरपालिका १६ का वडाध्यक्ष जीवनप्रसाद आचार्यले वाइफाइ सेवाले गुफा क्षेत्रको थप प्रचार हुने र बढीभन्दा बढी पर्यटकका बीचमा पुग्न सकिने विश्वास व्यक्त गरे । उनले गुफाको गुरुयोजनालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै थप आर्कषण बढाउन सके पर्यटकको सङ्ख्यामा वृद्घि हुने धारणा राखे ।

गुरुयोजना निर्माण उपसमितिका सल्लाहकार उदयबहादुर बस्नेतले पर्यटकीयस्थलमा प्रविधिको प्रयोग आवश्यक हुने बताए । प्रविधिमैत्री वातावरणले नै पर्यटकलाई आकर्षण गर्ने उनको भनाइ थियो । गुरुयोजना निर्माण उपसमितिका सल्लाहाकार सुशील वस्नेतले प्रविधिमार्फत गुफा क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गरे ।

समितिले गुफा क्षेत्रको गतिविधिलाई व्यवस्थित र सुरक्षित बनाउन यसअघि नै सिसी क्यामेरा जडान गरिसकेको अप्रेशन म्यानेजर शिशिर पौडेलले जानकारी दिए । वाइफाइ सेवा शुरु भएसँगै अब गुफा घुम्न आउने आन्तरिक तथा बाहृय पर्यटकले तत्स्थानबाटै फोटो तथा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर गुफाको प्रचारप्रसार गर्न सक्ने उनको भनाइ थियो । रासस

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार ००:००