१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केदार स्यूँ गाउँपालिकाः वडा कार्यालयमा आगजनी




बझाङ । केदार स्यूँ गाउँपालिका ७ को कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । शनिबार राति वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको केदार स्यूँ गाउँपालिकाका उपाध्यक्ष निसा धामीले बताइन् ।

उनले आगजनीबाट वडा कार्यालयमा रहेका सामानहरु जलेर नष्ट भएको बताइन् । वडा कार्यालयमा आगजनी कसले गरेको र किन गरेको हो भन्नेबारे अहिलेसम्म नखुलेको र घटनास्थलसम्म पुग्न रायल प्रहरी चौकीबाट टोली परिचालन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख गणेश बमले जानकारी दिए ।

प्रहरी प्रमुख बमका अनुसार वडा कार्यालय जान करीब ४ देखि ५ घण्टाको पैदल दूरीमा रहेकाले प्रहरी पुगेपछि मात्र यथार्थ विवरण आउनेछ । रासस

प्रकाशित मिति : ५ आश्विन २०७६, आइतबार ००:००