९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इच्छाकामना गाउँपालिकाः एम्बुलेन्स सेवा सञ्चालन




मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । जिल्लाको विकट मानिएको यो गाउँपालिकामा एम्बुलेन्स सेवा सञ्चालन नहुदाँ बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएपछि एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको अनुदानमा १० लाख ४७ हजार ३५५ लागतमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले बताइन् ।

“गाउँपालिकाभित्र आवश्यकताअनुसार पर्याप्त एम्बुलेन्स नहुँदा बिरामीले सास्ती खेप्दै आएका छन्”, अध्यक्ष गुरुङले भनिन्, “यसलाई मध्यनजर गर्दै हामीले एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाभित्रका बिरामीलाई केही प्रतिशत छुट दिने बताइएको छ ।

यसैबीच यहाँको राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले भएका एम्बुलेन्सबाट मात्र सेवा प्रवाह गर्न कठिनाइ भएके छ । इच्छाकामना गाउँपालिकाभित्र पर्ने मौवाखोलादेखि रिग्दिखोलासम्म ३५ किलोमिटर केन्द्रीय राजधानी छिर्ने मुख्य राजमार्ग पर्ने र त्यहाँ दुर्घटना बढी हुने गरेको छ ।

इलाका ट्राफिक प्रहरी कार्यालय मुग्लिनका अनुसार राजमार्गमा दुर्घटना परिहालेमा कि बिरामी पु¥याएर फर्किएको एम्बुलेन्स वा भाडामा स्थानीय सवारी साधन खोजेर तत्काल अस्पताल पु¥याउनुपर्ने अवस्था रहँदै आएको छ । गाउँपालिकामा एम्बुलेन्स नहुदाँ स्कारपियो र टाटा सुमोले बिरामी बोक्दै आएका छन् । रासस

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार ००:००