११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुर्चौडी नगरपालिकाः दुई महीनादेखि सडक अवरुद्ध




बैतडी । बैतडीको पुर्चौडी नगरपालिका अन्तर्गतका शाखा सडक गएको दुई महीनायता अवरुद्ध रहेका छन् । वर्षात्का कारण अवरुद्ध बनेका सडक अझै सञ्चालन हुन सकेका छैनन् ।

नेपालीहरुको मुख्य चाड विजयादशमी नजिकिँदै जाँदासमेत स्थानीय सरकारले अवरुद्ध ती सडक पुनःसञ्चालन गर्न कुनै पहल नगरेको स्थानीय बासिन्दाको आरोप छ ।

ढोल्यामोडदेखि पुर्चौडीको मुख्यबजार हाटसम्म नियमितरूपमा यातायात सञ्चालनमा रहे पनि शाखा सडक अवरुद्ध रहेको स्थानीय अनिरुद्र जोशीले जानकारी दिए ।

हाट–साँफेबजार, हाट–नकाली, हाट–भूमिराज, हाट–मल्लादेही जोड्ने सडक र कुवाकोट–भटना सडक वर्षात्का कारण अवरुद्ध भएका हुन् । शाखा सडक अवरुद्ध हुँदा स्थानीय बासिन्दालाई आवतजावत गर्नसमेत समस्या हुने गरेको छ । पुर्चौडी नगरपालिकाले अवरुद्ध रहेका शाखा सडक दशैँपछि मात्रै सञ्चालन हुने जनाएको छ । रासस

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ००:००