९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाह्रबिसे नगरपालिकाले सुत्केरीलाई एम्बुलेन्स भाडा दिने




मेलम्ची । मातृ तथा शिशु स्वास्थ्यलाई ध्यानमा राख्दै बाह्रबिसे नगरपालिकाले सुत्केरी हुने महिलाका लागि एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको छ ।

समयमै स्वास्थ्य संस्थामा पुग्न नसकेर नगरका कोही पनि सुत्केरी महिलाले ज्यान गुमाउन नपरोस् भनेर नगरपालिकाले एम्बुलेन्स भाडा प्रदान गर्ने योजना अघि सारेको हो ।

नगरपालिकाको आकस्मिक कोषबाट एम्बुलेन्स भाडावापतको रकम उपलब्ध गराइने नगरपालिले जनाएको छ । समयमै स्वास्थ्य केन्द्रमा पुग्न नसक्दा कयौँले ज्यान गुमाउने गरेकाले त्यसो नहोस् भनेर एम्बुलेन्सको भाडा उपलब्ध गराउने निर्णय गरिएको बताइएको छ ।

नगरपालिकाका अनुसार बाह्रबिसेदेखि धुलिखेलसम्मका लागि एम्बुलेन्स भाडावापत चार हजार उपलब्ध गराइने छ । बाह्रविसेदेखि काठमाडौं पु¥याउनुपर्ने सुत्केरीलाई पाँच हजारका दरले एम्बुलेन्स भाडा प्रदान गरिनेछ ।

स्याउको बिरुवा रोप्दै हेलम्बु

सिन्धुपाल्चोकको पर्यटकीय गाउँ हेलम्बुमा उत्पादन भएको स्याउले कुनै समय अन्तरराष्ट्रियस्तरमा समेत चर्चा कमाएको थियो । तर रोगले सबै स्याउका बोट मरेपछि हेलम्बु गाउँपालिकाले बिरुवा लगाउने र स्याउ बगैँचालाई पुरानै अवस्थामा फर्काउने अभियान चलाएको छ । कुनै समय हेलम्बुमा उत्पादन भएको गोल्डेन जातको स्याउ बिक्रीका लागि राजधानी काठमाडौं पु¥याइन्थ्यो ।

यहाँका अधिकांश किसानले भारतमा रोजगारीका लागि जाने र फर्कने बेला काश्मिरबाट स्याउका बिरुवा ल्याएर रोपेका थिए । तर रोपेको केही वर्षपछि झ्याउजस्तै लहराले गर्दा सबै स्याउको बोट सुके । हेलम्बुलाई पुरानै परिचयमा फर्काउन अहिले गाउँपालिकाले अभियानकै रुपमा स्याउका बिरुवा रोप्ने अभियान चलाएको गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

गाउँपालिकाले चार लाख लगानी गरी गोल्डेन बेलिसेस फुजी, गाला तथा मनाङ एग्रो प्रजातिका स्याउका बिरुवा ल्याएर ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गरेको छ । लामो समयदेखि स्याउखेतीमा लागेका वडा नं १ का रेन्जेन ह्याल्मोलाई यो पेशामा फेरि आशा पलाएको छ । रासस

प्रकाशित मिति : २५ भाद्र २०७६, बुधबार ००:००