७ जेष्ठ २०८२, मंगलबार | Tue May 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा र सप्तरीमा २५ डिप ट्युबेल जडान




लहान । वर्षेनी खडेरीको मार खेप्दै आएका सिरहा र सप्तरीका किसानलाई राहत पुग्ने गरी आर्थिक वर्ष २०७५÷७६ मा भूमिगत जलस्रोत विकास समिति लहानले २५ थान डिप ट्युबेल जडान गरेको छ ।

सिँचाइ सुविधा पु¥याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले भूमिगत जलस्रोत विकास समिति लहानले आर्थिक वर्ष २०७५÷७६ मा सिरहामा ११ थान र सप्तरीमा १४ थान गरी २५ थान डिप ट्युबेल जडान गरेको हो ।

सो आिर्थक वर्षमा सिरहाको धनगढीमाई नगरापलिकाको विभिन्न वडामा पाँच थान, कल्याणपुर–१० बङठिया, बरियारपट्टी–१ कचनारी, औरही गाउँपालिका–४ इटाटारमा एक एक थान, मिर्चैया नगरपालिका–८ मा दुई थान, नरहा गाउँपालिकामा एक थान गरी ११ थान डिप ट्युबेल जडान गरेको भूमिगत जलस्रोत विकास समिति लहानका प्रमुख सुदर्शनप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–२ लौनिया र सकरपुरा, डाक्नेश्वरी नगरपालिका–६ बथनाहा, राजविराज नगरपालिका–९ मलेठमा एक एक थान, सुरुङ्गा नगरपालिका–७ मा सात थान र छिन्नमस्ता गाउँपालिका वडा नं १ र २ मा एक एक थान गरी सप्तरीमा १४ थान डिप ट्युबेल जडान गरिएको प्रमुख अधिकारीले बताए ।

त्यस्तै सो आर्थिक वर्षमा सिरहामा पाँच थान पावर ड्रिलसमेत जडान गरिएको समितिले जनाएको छ । समितिले विभिन्न कृषक समूहमा आवद्ध भएका किसानको मागअनुसार डिप ट्युबेल तथा पावर ड्रिल जडान गर्दै आएको छ । समितिले सिरहा र सप्तरीलाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ । रासस

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार ००:००