११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चोरको बिगबिगी, सुरक्षाका लागि रात्रि गस्ती शुरु




दमक । चाडपर्व नजिकिँदै गर्दा चोरीको बिगबिगी बढेको भन्दै झापाको दमक नगरपालिका ८ विकास मार्गका स्थानीयले टोल सुरक्षाका लागि रात्रि गस्ती शुरु गरेका छन् । विकास मार्ग टोल आसपासका बासिन्दाको सक्रियतामा गाउँलेले महीनादिन यता दिनहुँ रात्रि गस्ती गर्न थालेका हुन् ।

चाडपर्व भित्रन लागेपछि टोलमा चोरको बिगबिगी बढेकाले त्यसलाई नियन्त्रण गर्न गाउँलेकै सक्रियतामा रातभरि गस्ती थालिएको स्थानीय खगेन्द्र बजगार्इंले बताए । उनका अनुसार गस्ती शुरु गरिएपछि चोरीका घटनामा समेत नियन्त्रण आएको छ । गस्ती शुरु गरिएपछि सिङ्गो टोलवासीले राहत पाएको उनले बताए । गस्ती प्रभावकारी बनाउन स्थानीयले प्रहरी र वडा कार्यालयको समन्वयमा काम अगाडि बढाएको बजगाईंले बताए ।

गस्तीलाई निरन्तरता दिने सोच बनाइएको बताउुदै उनले बस्तीको सुरक्षा आफैँ गर्न यस्तो अभियान शुरु गरिएको जानकारी दिए । गस्तीका क्रममा हुन सक्ने आपराधिक कार्य नियन्त्रण गर्न आवश्यकताअनुसार प्रहरीसँग समन्वय गरिएको उनले बताए । टोलका युवासँग समन्वय गरस् राति दैनिक १० बजेदेखि बिहानसम्म समूह बनाएर गाउँको गस्ती कार्य शुरु गर्ने गरिआएका छन् ।

गस्तीमा क्रममा टोलमा रातिपख हिँडडुल गर्ने शङ्कास्पद लागेकालाई नियन्त्रणमा लिई सोधपुछ गर्नुका साथै मदिरा सेवन गरी टोलमा होहल्ला गर्नेलाई पनि सम्झाइबुझाइ त्यस्तो नगर्न परामर्शसमेत दिँदै आएको जवेगुले बताए । विकास मार्ग टोलमा करीब १०० घर रहेका छन् । गस्ती गर्न अघि त्यस टोलमा दिनहुँजसो घरायसी समान चोरी हुँदै आएको थियो । रासस

प्रकाशित मिति : २४ भाद्र २०७६, मंगलबार ००:००