११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिला नदीको ‘बेलिब्रिज’ जीर्ण बन्दै




मान्म । कर्णाली राजमार्गअन्तर्गतको खाँडाचक्र नगरपालिका २ सेरीघाटस्थित तिला नदीमा रहेको ‘बेलिब्रिज’ पूल जीर्ण अवस्थामा पुगेको छ । निर्माण भएको लामो समयसम्म पनि मर्मत नहुँदा जीर्ण बनेको हो ।

कालीकोट र जुम्लामा सवारी साधन पु¥याउन १४ वर्ष अगाडि निर्माण गरिएको बेलिब्रिज पुनःनिर्माण र मर्मत नहुँदा जीर्ण अवस्थामा पुगेको हो । तत्कालीन द्वन्द्वकालमा बनेको बेलिब्रिज पुल मर्मत र संरक्षण हुन नसक्दा जीर्ण बनेको स्थानीयवासी पदम विष्टले बताए । राजमार्गको निर्माणको जिम्मा लिएको नेपाली सेनाले सोही समयमा निर्माण गरेको बेलिब्रिज १२ वर्षमै जोखिममा परेको हो ।

निर्माण गर्दाकै बेला २४ टन भारबहन क्षमता भनेर लेखिएको छ । तर, १४ वर्ष पुग्दा सो पुलका फलामे किलाकाँटा खियाले खाएर जीर्ण अवस्था रहेको उद्योग वाणिज्य सङ्घ कालीकोटका अध्यक्ष सूर्यबहादुर शाहीले बताए । पुलको दुबैतिरबाट वर्षाको भलको निकास नहुँदा बाढीले बगाएर ल्याएको माटोले पुल छोपिएको छ ।

नजिकै रहेको सडक कार्यालय, पुलक्षेत्रमै कालोपत्र गर्ने निर्माण व्यवसायी र सरोकारवाला कसैले पनि ध्यान नदिएको स्थानीयवासीको भनाइ छ । पुलको मर्मत नभएकाले दुर्घटनाको जोखिम रहेको निर्माण व्यवसायी अजबहादुर शाहीले बताए । “वैकल्पिक माध्यमका रुपमा निर्माण गरिएको पुलको १० देखि १५ वर्षसम्म मात्र म्याद हुने भएकाले संरक्षणको अभावमा खियाले फलाम छिटो कमजोर हुने हुँदा यसको आयु घट्दै गएको छ”, उनले भने, “अर्को पक्की पुल निमार्ण प्रक्रियासमेत सरकारी तवरबाट थालिएको छैन ।” रासस

प्रकाशित मिति : २३ भाद्र २०७६, सोमबार ००:००