२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चेपाङ समुदायको महान् चाड छोनाम न्वागी, राक्सिराङ गाउँपालिकामा सार्वजनिक बिदा




हेटौँडा । लोपोन्मुख जाति समुदायको रूपमा रहेको चेपाङ समुदायको महान् चाड छोनाम न्वागी आज चेपाङ जातिको उद्गमस्थल मकवानपुरमा धुमधामसँग मनाइँदैछ । यस पर्वका अवसरमा यहाँको एक चेपाङ बाहुल्य स्थानीय तहमा स्थानीय सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

चेपाङ जातिको उद्गम क्षेत्र मानिएको मकवानपुरको राक्सिराङ गाउँपालिकामा चेपाङको सबैभन्दा ठूलो र महान् पर्व छोनाम न्वागीको दिन गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले विज्ञप्ति जारी गर्दै भदौ २२ गते न्वागीको सार्वजनिक बिदा दिइएको बताए ।

विज्ञप्तिमार्फत उनले न्वागीका अवसरमा शुभकामनासमेत व्यक्त गरेका छन् । न्वागीकै अवसरमा आइतबार राक्सिराङको चैनपुरमा विशेष कार्यक्रम न्वागी उत्सव गरिने नेपाल चेपाङ सङ्घ मकवानपुरले जनाएको छ । सङ्घीयता कार्यान्वयनसँगै चेपाङ समुदायले राक्सिराङ गाउँपालिकालाई संरक्षित क्षेत्र घोषणा गरी सरकारले विशेष कार्यक्रम चलाउनुपर्ने भन्दै आवाज उठाइरहेको छ । रासस

प्रकाशित मिति : २२ भाद्र २०७६, आइतबार ००:००