२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिञ्जा गाउँपालिकाको माथिल्लो क्षेत्रमा भालुको आतङ्क



सिञ्जा । जुम्लाको सिञ्जा गाउँपालिकाका माथिल्लो क्षेत्रमा भालुको आतङ्क बढेपछि किसान चिन्तित भएका छन् ।

बारीमा लगाइएको मकै रातको समयमा भालुले खाएर सखाप पार्न थालेपछि रातभर जाग्राम बस्नुपरेको किसान बताउँछन् । गाउँका किसान साँझपर्ने बित्तिकै होहल्ला गर्दै कुकुरसहित भालु लखेट्न थालेका वडा नं ६ भाडगाउँका जयलाल रावतले बताए ।

सिञ्जाको जाला, घोडीलेख, तल्लो जालालगायतका क्षेत्रमा भालुले मकै खाने गरेको छ । बारीमा लगाएको मकै खान नपाएपछि भालुले मानिसलाई नै आक्रमण गर्ने भएकाले स्थानीयवासीमा त्रास फैलिएको रावतले बताए । भालु आतङ्कका कारण साँझ–बिहान हिँडडुल गर्नसमेत जोखिम बढेको स्थानीयवासीले बताएका छन् ।

बिहान र दिउँसो स्याउला सङ्कलन गर्ने, गाईवस्तु चराउन जाने र दाउरा खोज्न जानुपर्ने भए पनि भालुको आतङ्कले जान नसकिएको स्थानीयवासी बताउँछन् । रावतका अनुसार केही दिनअघि मात्र सोही वडाका भीमबहादुर रावतको गोरु, छपी रावतको एउटा गाई, वीरुकुम रावतका दुई गोरु र बलबहादुर रावतका दुई भेँडा भालुले मारेको जयलालले जानकारी दिए । बारी निकै घना भएकाले यस क्षेत्रमा भालुले वर्षेनी दुःख दिने गरेको छ । रासस

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार ००:००