११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ अन्तिम चरणमा




बनेपा । काभ्रेपलाञ्चोकको बनेपा, धुलिखेल र पनौती नगरपालिकाका बासिन्दाका लागि शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले छ वर्ष अघि शुरु गरिएको ‘काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजना’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विसं २०६९ मङ्सिरमा आयोजना निर्माणबारे सम्झौता भएको थियो । निर्माण कार्य २०७० जेठदेखि शुरु भएको हो । अहिलेसम्म आयोजना निर्माणको म्याद आठ पटक थप गरिएको छ । एक लाख ३६ हजार जनसङ्ख्यालाई लक्ष्य गरी थालिएको सो आयोजनाको लागत एक अर्ब २९ करोड ९२ लाख रहेको छ । अहिलेसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख नारायण श्रेष्ठले जानकारी दिए । तीन मुहान र पानी प्रशोधन केन्द्र निर्माण भइसकेको छ ।

पनौती १२ भालेश्वर दोभानमा पाइप ममर्तको काम भइरहेको छ । सडक डिभिजन र नगरपालिकाले सडक विस्तारका क्रममा पाइपलाइन बिगारेकाले मर्मत गर्नुपर्ने अवस्था आएको काभ्रे उपत्यका एकीकृत खानेपानी कार्यालयका प्रमुख श्रेष्ठले बताए । “पुराना खानेपानी पाइपलाइनमा छिट्टै पानी जाने र नयाँमा अलि ढिला हुनेछ”, उनले भने । पनौतीको चाँमखर्क र सल्लेमा छुट्टै तरिका अनुसार प्रशोधन केन्द्र निर्माण गरी वितरण गर्नुपर्ने भएकाले ढिला भएको हो ।

आयोजनाका इन्जिनीयर तारा प्रधान छिट्टै पानी वितरण गरिने बताइन् । “तिहार पछि मात्रै पानी उपलब्ध गराउन सकिन्छ”, उनले भनिन् । उक्त आयोजना नेपाल सरकार, एशियाली विकास बैंक, नगरपालिका र खानेपानी बोर्डको सहयोगमा निर्माण भइरहेको छ । रासस

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार ००:००