१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाई प्रकरणः उपमहानगरपालिकाले गठन ग¥यो छानविन समिति




नेपालगञ्ज । यहाँको काञ्जीहाउसबाट छाडा पशु चौपाया दैलेख लैजानेक्रममा सुर्खेतको जङ्गलमा मृत भेटिएका विषयमा नेपालगञ्ज उपमहानगरपालिकाले छानविन समिति गठन गरेको छ ।

कार्यवाहक प्रमुख उमा थापामगरको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले उक्त घटनाका सम्बन्धमा स्थलगत अध्ययन गरी सत्यतथ्य सार्वजनिक गर्न उच्च अदालत बार एशोसिएसनका अध्यक्ष अधिवक्ता विकास आचार्यको अध्यक्षतामा छानविन समिति गठन गरेको छ ।

समितिमा अधिकारकर्मी विश्वजित तिवारी, अधिवक्ता वसन्त गौतम, पत्रकार पूर्णलाल चुके, पशु स्वास्थ्य चिकित्सक, जिल्ला प्रशासन कार्यालय बाँकेका प्रतिनिधि सदस्य र उपमहानगरपालिकाका वरिष्ठ आलेप अधिकृत खिमानन्द अर्याल सदस्यसचिव रहेका छन् । समितिलाई निष्पक्ष छानविन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन म्याद दिइएको छ ।

यसैगरी, सर्वदलीय, सर्वपक्षीय बैठकसमेतको निर्णयका आधारमा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा पवित्र उद्देश्यका साथ छाडा पशु चौपाया दैलेख पठाउन लगिएकामा सुर्खेतस्थित कटकुवाको जङ्गलमा छोडिनुलाई गम्भीरताका साथ लिँदै उपमहानगरपालिकाले क्षमायाचनासमेत गरेको छ । रासस

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार ००:००