५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुर महानगरः पानी भण्डारण ट्याङ्की बनाइने




ललितपुर । ललितपुर महानगरभित्र पानी भण्डारणका लागि ट्याङ्की बनाइने भएको छ । महानगर वरपर विपद् र आगलागी हुँदा अग्नि नियन्त्रणका लागि सो ट्याङ्की बनाउन लागिएको हो ।

महानगरभित्र सात ट्याङ्की निर्माण गर्ने योजना अघि बढेको वडा नं १२ का वडाध्यक्ष नारायणलाल अवालेले बताए । “मङ्गलबजारस्थित वडा नं ११ मा ३० हजार लिटरको सो ट्याङ्की निर्माण अन्तिम चरणमा पुगेको छ”, उनले भने, “यसैगरी वडा ११ इखाक्ष्य, वडा नं नौ नटोल र वडा नं १६ नकबहिलमा २५ हजार लिटर क्षमताको पानी भण्डारण ट्याङ्की बनाउने योजना पारित भइसकेको छ ।”

महानगरपालिकाको शहरी क्षेत्रमा पानीको अभाव भएकाले सङ्कटका बोला सो ट्याङ्कीमा भण्डारण गरेको पानीले निकै सहयोग पुग्ने बताइएको छ ।

यसैगरी महानगरका अन्य वडा हरिसिद्धि, खोकना र बुङ्मतीको शहरी क्षेत्रमा पनि तीन ट्याङ्की निर्माण गर्ने योजना अघि बढिसकेको जानकारी दिँदै उनले भने, “ती तीन ट्याङ्की निर्माणको काम भने यस चालू आर्थिक वर्षको योजनामा राखेका छौँ । त्यसका लागि पाँचदेखि छ लाख सम्म लाग्नसक्ने अनुमान गरिएको छ ।”

ती ट्याङ्कीमा भण्डारण गरिने पानी आवश्यक परेको समय पिउन मिल्ने गरी स्वच्छ र सफा पानी खरीद गरेर भण्डारण गरिने तर आकाशेपानी भने भण्डारण नगरिने उनले जानकारी दिए । रासस

प्रकाशित मिति : १३ भाद्र २०७६, शुक्रबार ००:००