८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

षडानन्द नगरपालिकाका कर्मचारी आन्दोलित, कामकाज ठप्प




भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने जिल्लाको सबैभन्दा ठूलो षडानन्द नगरपालिकाका कर्मचारीले आजबाट कामकाज ठप्प पारेका छन् । नगरपालिकाका स्थायी तथा करारका कर्मचारीले विभिन्न चार बुँदे माग राख्दै कामकाज ठप्प पारेका हुन् ।

उनीहरुले आज एक विज्ञप्ति जारी गर्दै करारका कर्मचारीलाई म्याद थप गरी सम्झौता गराइनुपर्ने, एक कर्मचारी एक जिम्मेवार प्रदान गरिनुपर्ने, दरबन्दीअनुसारका कर्मचारीलाई विभिन्न शाखागत जिम्मेवारी दिनुपर्ने र कर्मचारीको मनोभावना बुझेर समायोजन गर्दा सेवा क्षेत्र पायक पर्ने ठाउँमा गर्नुपर्ने माग उनीहरुले अघि सारेका छन् ।

यता नगरपालिकाका प्रमुख वीरवल राईले बिना कारण आन्दोलनमा उत्रिएकाले यसको कुनै अर्थ नरहेको बताए । नगरपालिकाको कामलाई सहज र सरलरुपमा सञ्चालन गर्न प्रमुख प्रशासकीय अधिकृतले नीतिगत ढङ्गले समायोजन गरेकोमा आपत्ति जनाउनु कर्मचारीको गैर जिम्मेवारीपन रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार ००:००