६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ललितपुरमा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने



ललितपुर । ललितपुर महानगरपालिकाभित्र तीन वटा आधुनिक सार्वजनिक शौचालय निर्माण हुने भएको छ ।

भिडभाड र बढी मानिसको जमघट हुने स्थानमा सो शौचालयको आवश्यकता भएसँगै तीन वटा आधुनिक शौचालय निर्माण हुन लागेको हो । वडा नं ९ शङ्मूल, वडा नं १२ मङगलबजार र वडा नं २० पाटनढोका परिसरमा आधुनिक बायोग्याससहितको सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरिने महानगरपालिका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।

“यी शौचालय महानगरपालिका र सङ्घसंस्थाको सहकार्यमा सार्वजनिक निजी साझेदार लगानीमा छिट्टै बनाउन लागेका हौँ”, महर्जनले भने, “पाटनमा दैनिक भित्रिने स्वदेशीलगायत विदेशी मानिसको भीडलाई ध्यानमा राखी बनाउन लागेका छौँ ।” ती शौचालय निशुःल्क हुने बताइएको छ ।

सो शौचालय निर्माणका लागि महानगर र एरोस्यान सस्टेनएबल स्यानिटेसनबीच सम्झौता भइसकेको छ । अहिले महानगरभित्र लगनखेल बसपार्क, मङ्गलबजार, युएन पार्क, पाटनढोका, कुपण्डोल, जावलाखेल र मङ्गलबजारको तरकारी बजारमा सार्वजनिक शौचालय छन् ।

यीमध्ये जावलाखेल र कुपण्डोलको सार्वजनिक शौचालय प्रयोगमा आएका छैनन् । तिनलाई महागरपालिकाले व्यवस्थित गर्दै लाने जानकारी दिएको छ । महानगरले आफ्ना सबै वडामा सार्वजनिक शौचालाय बनाउने योजना अघि बढाएको छ । स्वच्छ महानगर बनाउने अभियानअन्तर्गत धामधम ललितपुरमा शौचालय थप्ने काम भइरहेको बताइएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार ००:००