५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कैलालीको गोदावरी नगरपालिकाको आम्दानी बढ्यो



अत्तरिया । कैलालीको गोदावरी नगरपालिकाको आन्तरिक आयमा वृद्धि भएको छ । नगरपालिकाले करको दायरा बढाएपछि आन्तरिक आयमा बढेको हो ।

नगरपालिकाले गत आव २०७५÷७६ मा २१ करोड ८६ लाख ४६ हजार ४०१ राजश्व सङ्कलन गरेको आन्तरिक लेखा परीक्षण अधिकृत राजेशप्रसाद जोशीले जानकारी दिए । उनले अघिल्लो आव २०७४÷७५ मा दुई करोड ५६ लाख दुई हजार २०६ राजश्व सङ्कलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा १९ करोड ३० लाख ४४ हजार १९५ भन्दा बढीले राजश्व सङ्कलन भएको जोशीले बताए ।

गत आवमा सम्पत्ति कर तथा भूमिकर बापत एक करोड ६ लाख ५० हजार २०५, घरजग्गा बहाल करबापत २० लाख ९२ हजार, व्यवसाय करबापत ३२ लाख ५६ हजार ३७७ र विज्ञापन करबापत आठ लाख २५ हजार पाँच सङ्कलन भएको छ ।

त्यस्तै पार्किङ शुल्कबापत आठ लाख आठ हजार ८०८ , कबाडी करबापत १० लाख ६५ हजार, प्राकृतिक स्रोत उपयोग करबापत ११ करोड ९० लाख र घरजग्गा रजिष्ट्रेशन शुल्कबापत पाँच करोड रुपैयाँ राजश्व सङ्कलन भएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । रासस

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहिबार ००:००