११ श्रावण २०८१, शुक्रबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भेरी नगरपालिकाः कुदुमा डिपबोरिङबाट खानेपानी




जाजरकोट । वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका १३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ । डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन् ।

नगरपालिकाको ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए । विद्युत्बाट पानी निकाल्ने काम हुने अपरेटर राजेश बिसीले बताए । पच्चीस मिनेटमा दुई हजार लिटरभन्दा बढी पानी निकाल्न सकिने उनले जानकारी दिए । डिपबोरिङबाट निकालिएको पानी प्रयोग गरेवापत प्रतिघरधुरी १०० तिर्नुपर्ने नगरपालिकाले जनाएको छ ।

एक महीनामा पानी निकाल्न कम्तीमा १०० युनिट विद्युत् खपत हुने गर्दछ । स्थानीयवासीको आवश्यकताका आधारमा पानी निकाल्ने काम हुने गरेको बिसीले बताए । वर्षौँदेखि वडा नं १३ स्थित कुदुवासी खानेपानीका लागि एक घण्टा टाढा हिँडेर भेरी नदीको फोहर पानी पिउन बाध्य थिए । वर्षौँपछि घर नजिकै मनग्य पानी प्रयोग गर्न पाएपछि स्थानीयवासी खुशी भएका नरबहादुर वस्नेतले बताए ।

पटक–पटकको प्रयासपछि मात्र यो कार्य सफल भएको उनको भनाइ छ । अहिले शुद्ध पानी नभएकाले केही समयपछि पानी शुद्धीकरण गरी अन्य धारा थपिने नगरपालिकाले जनाएको छ । जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि सिँचाइको अभावमा बाँझै रहँदै आएको थियो । अब यो पानी प्रयोग गरी सिँचाइ गर्न सके कुदुवासीका लागि लाभदायिक हुने स्थानीय रेनुका आचार्यले बताइन् । रासस

प्रकाशित मिति : १० भाद्र २०७६, मंगलबार ००:००