मान्म । पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर अस्पतालसम्म जानुपर्ने बाध्यतामा रहेका यहाँका स्थानीयवासी गाउँमै सेवा पाउने भएपछि खुशी भएका हुन् ।
सर्वसाधारणको उपचारमा सहज पहुँच अभिवृद्धिका लागि सो गाउँपालिकाले एम्बुलेन्स सेवा शुरु गरेको हो । दुर्गम क्षेत्रमा आकस्मिक उपचारका समयमा हुन आउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले जनताको सेवाका लागि एम्बुलेन्स सेवा शुरु गरेको गाउँपालिका अध्यक्ष खड्गराज सेजुवाल बताउछन् ।
“यहाँका मानिसहरुमा अझै पनि अस्पताल पुग्न सहज वातावरण छैन”, उनले भने, “स्थानीयवासीको सहजताका लागि एम्बुलेन्स खरीद गरेका हौँ ।” गाउँपालिकाको १२ लाखको लगानीमा एम्बुलेन्स खरीद गरिएको गाउँपालिकाका अध्यक्ष सेजुवालले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एम्बुलेन्स सेवाको शुभारम्भ गर्दै दुर्गम तथा पिछडिएको क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउन प्रदेश सरकारले सबै प्रकार सेवा दिन तयार रहेको बताए ।
“अहिले पनि कर्णाली प्रदेश स्वास्थ्य सेवाको पहुँचमा पुग्न सकेको छैन”, उनले भने, “हामीले सबै नागरिकलाई स्वास्थ्यमा पहुँच पु¥याउने गरेर काम थालेका छौँ ।” रासस
प्रतिक्रिया