१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेयर कप बास्केटबल प्रतियोगिता भदौ १३ देखि



कास्की । पोखरामा आगामी भदौ १३ देखि प्रथम मेयर कप बृहत् बास्केटबल प्रतियोगिता हुने भएको छ । विद्यालयस्तरदेखि नै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले जिल्ला बास्केटबल सङ्घको आयोजनामा पोखरा रङ्गशालास्थित बास्केटबल कोर्टमा सञ्चालन हुने प्रतियोगितामा विभिन्न चार इभेन्टमा प्रतिस्पर्धा गराइने शनिबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष धोजकुमार गुरुङले बताए ।

प्रतियोगितामा कक्षा १० सम्मको माविस्तरीय छात्रछात्रा प्रतिष्पर्धा, कक्षा ११ र १२ स्तरीय छात्रछात्रा प्रतिष्पर्धा, स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गर्दै कलेजस्तरीय छात्रछात्रा प्रतिष्पर्धा र ४० वर्षमाथिको उमेर समूहको भेट्रान्स प्रतिष्पर्धा समावेश गरिएको प्रतियोगिताका संयोजक नारायणप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार माविस्तरीय कक्षा १० सम्म छात्रछात्रातर्फको विजेताले १२ हजार तथा उपविजेताले सात हजार पुरस्कार प्राप्त गर्नेछन् भने कक्षा १२ सम्म तथा स्नातकतर्फको प्रतिष्पर्धाका विजेता छात्रछात्राले १५ हजार र उपविजेताले आठ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

पोखरा महानगरपालिकाले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जिल्लामा सञ्चालित विद्यालय तथा क्याम्पसले सहभागिता जनाउनेछन् । रासस

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार ००:००