१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्दिरमा पसलका लागि सटर नबनाउन मन्त्रालयको पत्र




नेपालगञ्ज । नेपालगञ्जको बागेश्वरी मन्दिर व्यवस्थापन समितिले पुरानो व्यावसायिक सटर भएको स्थानमा नयाँ भवन बनाउन शुरु गरेपछि नगरवासीले विरोध जनाएका छन् ।

नगरवासीले सामाजिक सञ्जालमार्पmत मन्दिर क्षेत्रमा कुनै पनि व्यापारिक भवन नबनाउन नगरप्रमुख डा धवलशम्सेर राणासँग आग्रह गर्दै त्यस कार्यको विरोध गरेका हुन् ।

मन्दिर व्यवस्थापन समितिले भने त्यहाँको सडक विस्तारको क्रममा उक्त मन्दिरको व्यापारिक सटरहरु भत्काइएकाले व्यवसायीको अनुरोधमा नयाँ भवन निर्माण शुरु गरिएको जनाएको छ । प्रदेश सरकार र विभिन्न धर्मावलम्बीहरुको सहयोगमा नयाँ निर्माण हुने पसल र भवनको माथिल्लो तलामा साधुसन्तका लागि धर्मशाला निर्माण गर्ने योजना रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख राणाले बताए ।

यसैबीच शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृह मन्त्रालयलाई लेखेको पत्रको बोधार्थ बाँके जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ । नागरिकको विरोधकै बीच उक्त मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन हिजो पत्र लेखेको हो ।

नेपालगञ्ज निवासी सो मन्त्रालयका मन्त्री मोहमद इश्तियाक राईको निर्देशनमा मन्त्रालयका इञ्जिनीयर सौगात थापाको हस्ताक्षरमा कम्पलेक्स निर्माणको काम रोक्न पत्र लेखिएको थियो । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार ००:००