१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुङ्गामा पुनःनिर्माणमा प्रवलीकरणको नतिजा शून्य




ओखलढुङ्गा । ओखलढुङ्गामा प्रवलीकरणको नतिजा शून्य देखिएको छ । पुनःनिर्माण प्राधिकरणले मर्मत गरेर बस्न मिल्ने संरचनालाई आंशिक क्षतिको सूचीमा राखेर प्रवलीकरण गर्ने नीति लिएको भए पनि ओखलढुङ्गामा कसैले प्रवलीकरणमा चासो देखाएका छैनन् ।

जिल्लामा भूकम्पबाट जीर्ण भएका हजारौँ घर, भवन र अन्य संरचना छन् । तर कुनै पनि संरचना बलियो बनाइएको छैन । पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयको तथ्याङ्कमा आंशिक क्षतिको सूचीमा परेका लाभग्राहीको सङ्ख्या ४ हजार ६५ छ । उनीहरु सबैलाई पुरानो घरलाई बलियो बनाउन (रेट्रोफिट गर्न) एक लाखका दरले राहत दिने प्राधिकरणको नीति थियो । तर ओखलढुङ्गामा चार हजार ६५ मध्ये एकजनाले पनि रेट्रोफिट गरेका छैनन् ।

आंशिकमा पहिचान भएका चार हजार ६५ लाभग्राहीमध्ये दुई हजार ४७४ ले मात्रै अनुदान सम्झौता गरेका छन् । सम्झौता गर्ने सबैले पहिलो किस्तावापतको ५० हजार बुझेका छन् । तर पहिलो किस्ता लगेकाहरु कसैले प्रवलीकरण नगरेको र सम्पर्कमा नआएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालयका प्रमुख युवराज खरेलले बताए ।

“६० प्रतिशत लाभग्राहीले प्रवलीकरण गर्छु भनेर सम्झौता गरेर ५० हजार लैजानुभयो तर जिल्लामा कसैले पनि त्यो काम गर्नुभएन”, खरेलले भने, “सम्झौता गर्न नआउने अरु सबै लाभग्राहीको नाम सुचीबाट हटाइएको छ”, तोकिएको समयमा अनुदान सम्झौता गर्न नआएका लाभग्राहीको नाम प्राधिकरणले सूचीबाट हटाएको छ । रासस

प्रकाशित मिति : ३१ श्रावण २०७६, शुक्रबार ००:००