१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडा कार्यालयमा बम विष्फोट

लेखक स्थानीय खबर/संवाददाता २७ श्रावण २०७६, सोमबार १ मिनेट पढाइ

सुरुङ्गा । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको झ्यालहरु भत्किएको छ । विष्फोट कसले गराएको हो पहिचान नभएको श्रेष्ठले बताए । घटनालगत्तै प्रहरीले अनुसन्धान शुरु गरेको प्रहरी निरीक्षक श्रेष्ठको भनाइ छ । बम विष्फोटबाट कार्यालयको बाहिरी भवनमा क्षति पुगे पनि कागजात भने सुरक्षित रहेको प्रहरीको भनाइ छ । रासस

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।