१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बोटे बस्तीमा मुख्यमन्त्री पौडेलको अवलोकन



प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले पछाडि परेका तथा सिमान्तकृत वर्गको संरक्षणमा प्रदेश सरकार सधैँ लागिपर्ने बताएका छन् ।

मकवानपुरको मनहरी गाउँपालिकामा रहेको निर्माणाधीन एकीकृत बोटे बस्तीको अवलोकन गर्नुहुँदै मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातिको संरक्षणमा मनहरी गाउँपालिकाले देखाएको सक्रियताका लागि धन्यवादसमेत दिए ।

मुख्यमन्त्री पौडेलले सीमान्तकृत जातजातिको संरक्षणमा सबै प्रकारको सहयोग गर्न प्रदेश सरकार तयार रहेको धारणा राखे ।

मनहरी गाउँपालिकाले माछा मारी जीविकोपार्जन गर्दै आएका बोटे समुदायका लागि प्रदेश सरकारको सहयोगमा एकीकृत बस्ती निर्माण गरेर घरवास (होमेस्टे) का रुपमा विकास गर्ने योजना बनाइरहेको छ । सोही सन्दर्भमा पौडेल एकीकृत बस्ती पुग्नुभएको हो ।

यसैबीच मुख्यमन्त्री पौडेलले मनहरीको कृषि क्षेत्रको समेत अवलोकनको क्रममा कृषकले तरकारी खेतीमा गरेको प्रगतिको प्रशंसा गर्दै विषादीरहित उत्पादनमा जोड दिन अनुरोध गरे ।

मुख्यमन्त्री पौडेलसँगै जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलाल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीलगायतका विभिन्न पदाधिकारीको उपस्थिति थियो । रासस

प्रकाशित मिति : २५ श्रावण २०७६, शनिबार ००:००