१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनप्रतिनिधिको पारिश्रमिक सामाजिक कार्यमा

लेखक स्थानीय खबर/संवाददाता २४ श्रावण २०७६, शुक्रबार १ मिनेट पढाइ


पोखरा । जनप्रतिनिधिहरु सुविधाभोगी भएको चर्चा सुनिने गरिएको वर्तमान अवस्थामा यहाँका एक निर्वाचित प्रतिनिधिले आफूले प्राप्त गरेको सम्पूर्ण पारिश्रमिक सामाजिक कार्यमा लगाउनेभएका छन् ।

कास्की जिल्ला समन्वय समितिका सदस्य तोरण बानियाँले आर्थिक वर्ष २०७५÷७६ मा आफूले प्राप्त गरेको पारिश्रमिक र भक्तासहितको एक लाख ५० हजार समाजको शैक्षिक, सामाजिक, धार्मिक एवं विकास निर्माणमा लगानी गर्नेभएका हुन् ।

पोखरा–१७ स्थित प्रगतिटोलमा आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीले उनले उपलब्ध गराएको ११ हजार ४०० बराबरको एक बण्डल जस्तापाता मैना विकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा पोखरा–१५ सिद्ध मावि अक्षयकोष स्थापनार्थ १२ हजार ५००, स्यानीपाटन बहुउद्देश्यीय भवन २१ हजार ६००, गण्डकी रिभर साइड युवा क्लबको बहुउद्देश्यीय भवन निर्माणका लागि ११ हजार ४०० वितरण गरेको बानियाँले जानकारी दिए ।

त्यसैगरी पोखरा–२१ स्थित जनचेतना माविका विपन्न एवं जेहेन्दार १४ छात्रछात्रालाई जनही पाँच हजारका दरले ७० हजार र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय पोखरालाई २५ हजार वितरण गरेको उनले बताए । पोखरा महानगरपालिका–१५ बाट निर्वाचित बानियाँका अनुसार निर्वाचनका अवसरमा जनतासमक्ष गरेका प्रतिबद्धताअनुसार नै विकास निर्माणमा जुटेको बताउँदै देखिने गरी परिणाम आउन समय लाग्ने बताए । रासस

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।