५ श्रावण २०८१, शनिबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरा महानगरः बाख्रापालक कृषकलाई अनुदान




कास्की । व्यावसायिक बाख्रापालनका लागि पोखरा महानगरपालिकाले अनुदान रकम वितरण गरेको छ । पोखरा–२८ का ५० जना कृषकलाई जनही ४० हजारका दरले २० लाख रुपैयाँ वितरण गरेको महानगरपालिकाले जनाएको छ ।

वडा नं २८ को समन्वयमा स्थानीय व्यावसायिक बाख्रापालन समितिद्वारा बुधबार यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले सो अनुदान रकम वितरण गरेका हुन् ।

सो अवसरमा प्रमुख जिसीले महानगरका ३३ मध्ये २१ वडा व्यावसायिक कृषिका लागि उपयुक्त भएको बताउँदै खाद्यान्न तथा पशु उत्पादन वृद्धि गरी आयात रोक्ने नीतिमा महानगर रहेको स्पष्ट पारे । उनले भूउपयोग नीतिका माध्यमबाट कृषियोग्य जमीन खण्डीकरण हुन नदिइनेसमेत बताए ।

वडाध्यक्ष निर्मल दियालीले कम्तीमा ५ वटा माउ बाख्रासहित १३ वटा बाख्रा भएका कृषकहरुलाई व्यावसायीकतातर्फ उन्मुख गर्न यो अनुदान रकम वितरण गरिएको बताए ।

वडाका माझठाना, सौर्य लगायतका गाउँहरुमा व्यावसायिक बाख्रापालन शुरुआत भइसकेको बताउँदै उनले अनुदान सहयोगले स्थानीय प्रजातिका बाख्राको पालन र प्रवर्द्धनमा समेत फलदायी हुने विश्वास व्यक्त गरे ।

पशु सेवा महाशाखाका प्रमुख शिव वाग्लेले कृषकहरुका लागि अनुदान वितरण कार्यक्रमको सकरात्मक शुरुवात भएको र पशु सेवासंग सम्वन्धित कृषक लक्षित अन्य कार्यक्रमहरुलाई पनि आगामी दिनमा निरन्तरता दिइने बताए । रासस

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहिबार ००:००