२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमावर्ती क्षेत्रमा बाँध जस्तै सडक बन्दै



नेपालगञ्ज । भारतले बाँके जिल्लाको सीमावर्ती क्षेत्रमा सडकजस्तो बाँधको निर्माण अघि बढाएपछि बाँकेको दक्षिण–पश्चिम भेगका बासिन्दा फेरि त्रसित भएका छन् ।

जिल्लाको हिरमिनिया गाउँ अगाडि पिप्रहवा गाउँबाट पश्चिमको क्षेत्रमा भारतले सडकजस्तो बाँध विस्तार गर्न थालेको हो ।

झण्डै डेढ वर्षदेखि रोकिएको सडक निर्माणको कामलाई भारतले पुनः शुरु गरेको छ । सडकजस्तो बाँधलाई हिरमिनिया पश्चिममा समेत विस्तार गर्न थालेपछि नेपालगञ्ज उपमहानगरपालिकासमेत डुबानमा पर्ने सम्भावना बढेको छ ।

सडकजस्तो बाँधको निर्माण रोक्न स्थानीय प्रशासनदेखि मुख्यमन्त्री हुँदै केन्द्रसम्म पहल गरिएको लक्ष्मणपुर बाँध सङ्घर्ष समितिका सचिव राजकुमार शुक्लाले बताए ।

यसअघि भारतले सन् १९८५ मा राप्ती नदीमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेपछि तटीय क्षेत्रका बासिन्दा कटान र डुबानमा पर्दै आएका छन् । रासस

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार ००:००