१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध




बागलुङ । गलकोट नगरपालिका ११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ । पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ ।

लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । “हटियाबाट डोजर आउँदैछ, डेढ दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ”, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।

उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पु¥याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ । त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ । रासस

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार ००:००