१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठूलीभेरीले तीन घर बगायो




रुकुमपश्चिम । आठबिसकोट नगरपालिकामा ठूलीभेरी नदीले तीन घर बगाएको छ । वडा नं ६ मनकाबगरमा ठूलीभेरी नदीले तीन घर बगाएको हो ।

स्थानीय ४५ वर्षीय पत्रे बोहरा र ४५ वर्षीय भीमबहादुर बोहराको घर पहिराले बगाएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ । प्रहरीका अनुसार अर्को घर धनीको भने पहिचान खुल्न बाँकी रहेको छ ।

त्यस्तै अन्य आठ घर ठूलीभेरी नदीको उच्च जोखिममा रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । जोखिममा परेका घर एक हप्ता अगाडि नै प्रहरी र स्थानीयको सक्रियतामा खाली गरिएका कारण अन्य क्षति भने हुन नपाएको उनको भनाइ छ ।

जोखिममा रहेका आठ घर पनि खाली गरिएको छ । घर बगेका तथा घर जोखिममा परेका स्थानीय अन्यत्र शरण लिएर बसिरहेको उनले बताए । लगातारको वर्षाका कारण नदीको प्रवाह बढेकाले नदीले कटान शुरु गरेको स्थानीयको भनाइ छ । रासस

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार ००:००