२० कार्तिक २०८३, बिहिबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगरमा ‘खारजी ग्रिनपार्क’ सञ्चालन

लेखक स्थानीय खबर/संवाददाता १७ श्रावण २०७६, शुक्रबार १ मिनेट पढाइ


विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित निर्माण गरिएको ‘खारजी ग्रिनपार्क’ बिहीबारदेखि सञ्चालनमा आएको छ । महानगरपालिकाका प्रमुख भीम पराजुलीले नगरको प्रत्येक वडामा एक उद्यान निर्माणको अभियान शुरूआत भएको बताए ।

उनले उद्यानको निर्माणबाट वडाको सौन्दर्य बढाउनुका साथै वडावासी युवतायुवतीका साथै ज्येष्ठ नागरिकलाई एकै स्थानमा भेला हुने थलो बन्ने धारणा व्यक्त गरे । निःशुल्क वाइफाइजडित उक्त उद्यानको बीचमा बगैँचा र भलाकुसारी गर्ने चौतरामा बनाइएको छ ।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजनाअन्तर्गत उद्यानको निर्माण कालिका कन्स्ट्रक्सनले गरेको हो । विराटनगरको सरस्वती टोलमा समेत उद्यान निर्माणको काम भइरहेको सोही अवसरमा जानकारी दिइयो । रासस

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।