५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुर नगरपालिकाद्वारा अस्पतालको अनुगमन




भक्तपुर । भक्तपुर जिल्ला अस्पताल र मानव अङ्ग प्रत्यारोपण केन्द्रको आज भक्तपुर नगरपालिकाको टोलीले अनुगमन गरेको छ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले अस्पतालमा फोहर जथाभावी फालेको पाएको छ ।

अनुगमनका क्रममा फोहर छुट्टयाएर नराखेको, सरसफाइमा ध्यान नदिएको, आकस्मिक कक्षमा ठाउँको अभाव भएको, अस्पतालमा नर्सको अभाव लगायत पाइएको अनुगमन टोलीका वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए । पचहत्तर शैय्याको उक्त अस्पतालमा १५० कर्मचारी रहेका छन् ।

अस्पतालमा न्यूरो, मानसिक, मुटु सेवा नभएको, ल्याबमा थाइराइड नभएको साथै जग्गा नेपाल ट्रष्टको नाममा भएकाले ठाउँ अभाव र भक्तपुर अस्पतालको ठाउँ प्रत्यारोपण र क्यान्सर अस्पताललाई दिएकाले नयाँ भवन निर्माण गर्न समस्या देखिएको पाइएको छ ।

विशेषज्ञ डाक्टरलाई सरकारी पारिश्रमिक अपुग र आवास भवन अभावले विशेषज्ञ चिकित्सक बस्न नचाहेको र अस्पताल विकास समितिले ५५ कर्मचारी रहेको भक्तपुर अस्पतालनका डा रवीभुषण सुवालले बताए । अनुगमन समितिले शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा ७५ शैय्या मात्र सञ्चालनमा रहेको र कर्मचारी दरबन्दी २५० रहे पनि २१० मात्र कार्यरत रहेको, फोहर व्यवस्थापन गर्नुपर्ने, चिकित्सक र मानव संशाधन अभावलाई परिपूर्ति गर्नुपर्ने निर्देशन दिएको छ । रासस

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहिबार ००:००