१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

लेखक स्थानीय खबर/संवाददाता १५ श्रावण २०७६, बुधबार १ मिनेट पढाइ

जुम्ला । केही दिनदेखि पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

कालीकोट जिल्लाको कालेखोलामा पहिरो गएर सडक अवरुद्ध भएको थियो । अवरुद्ध कर्णाली राजमार्ग आज बिहान ११ः३० बजेदेखि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

उनले भने, “अहिले साना गाडीको आवागमन सुचारु भएको ।” अझै सडकमा रहेको पहिरो पन्छाउने काम जारी रहेको जनाइएको छ । दुई दिनदेखि सडक अवरुद्ध हुँदा सयौँ सवारी साधन र यात्रु अलपत्र परेका थिए । रासस

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।