७ श्रावण २०८१, सोमबार | Tue Jul 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण



माथागढी गाउँपालिकाले घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका २७२ जनालाई घरमै पुगेर पूर्ण अपाङ्गताको परिचयपत्र वितरण गरेको हो ।

अपाङ्गता भएका व्यक्तिलाई सहज रुपमा सेवा दिन गाउँपालिकाले घर घरमा कर्मचारी तथा जनप्रतिनिधि परिचालन गरेर परिचयपत्र वितरण गरेको अध्यक्ष सन्तोष थापामगरले बताए ।

“शारीरिक रुपमा अशक्त हुँदा उनीहरूलाई सहजरुपमा सेवा दिनु हाम्रो दायित्व हो, जीवन जीउनका लागि हौसला प्रदान हुनेछ भनेर घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छौँ”, उनले भने । गाउँपालिकाका आठवटै वडामा पुगेर ५१ रातो, १२७ नीलो, ५१ पहेँलो र ४३ सेतो कार्ड वितरण गरिएको छ । घरघरमा पुगेर अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गर्ने माथागढी गाउँपालिका पहिलो हो ।

उपभोक्ताको श्रमदानमा खानेपानी आयोजना निर्माण

बेझाड । पूर्वखोला गाउँपालिका १ सिलुवा तामाखानीका स्थानीयले श्रमदानमा खानेपानी आयोजना निर्माण गरेका छन् ।

वर्षौंदेखिको खानेपानी समस्या भोग्दै आएका यहाँका स्थानीयले श्रमदान गरेर आयोजना निर्माण भएपछि अहिले गाउँमा खानेपानी सुविधा पुगेको छ । एक गाग्री पानीको लागि आधा घण्टाको समय बिताएर खानेपानी उपभोग गर्नुपर्ने बाध्यता थियो ।

बस्तीदेखि करीब डेढ किलोमिटर पर रहेको तामाखानीबाट गाउँमा पानी ल्याइएपछि सजिलोसँग उपभोग गर्न पाउँदा खुशी लागेको पुतलीदेवी हिस्कीले बताइन् । यहाँका करीब ९० घरपरिवारका स्थानीय उपभोक्ताले १५ लाख बराबरको श्रमदान गरेर आयोजना निर्माणको काम गरेको तामाखानी खानेपानी आयोजनाका अध्यक्ष दुर्गादेवी जर्घाले बताइन् । गोरखा वयर फर ट्रस्ट नेपालले २५ लाख रकम सहयोग गरेपछि सजिलोसँग आयोजना सम्पन्न भएको उनी बताउछिन् । आयोजनाको पानीलाई अहिले गाउँमा दश स्थानमा धारा जडान गरेर वितरण गरिएको छ । पछि एक घर एक धारा जडान गर्ने योजना रहेको समितिले जनाएको छ । रासस

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ००:००