१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्ज उपमहानगरः ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु




नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले ‘गाउँ–नगर साझेदारी कार्यक्रम’ पुनः शुरु गरेको छ । विसं २०५४ मा शुरु भई २०६९ देखि बन्द भएको यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको हो । अतिविपन्न परिवारको आर्थिक अवस्था उकास्न यो कार्यक्रम पुनः सञ्चालनमा ल्याइएको उपमहानगरपालिकाका सामाजिक विकास प्रमुख कृष्णप्रसाद जोशीले बताए ।

विपन्न परिवारलाई व्यावसायिक काममा संलग्न गराउने प्रमुख उद्देश्यका साथ कार्यक्रम लागू भएको हो । उनका अनुसार, नगरका टोलटोलमा समूह गठन गरेर समूहको आवश्यकताका आधारमा प्रतिव्यक्ति २५ हजारदेखि एक लाख सम्म सहुलियत ब्याजदरमा कर्जा प्रवाह हुने गरेको छ ।

कार्यक्रमअन्तर्गत अहिलेसम्म २५६ जनालाई एक करोड ६९ लाख कर्जा प्रदान गरिएको छ । कार्यक्रम सञ्चालनका लागि प्रदेश नं ५ सरकारले पनि उपमहानगरपालिकालाई सघाएको छ ।

बाँकेमा सर्पको बिगबिगी

बाँकेमा गर्मी र वर्षासँगै विषालु सर्पको बिगबिगी बढ्न थालेको छ । वर्षाको पानी सर्प बस्ने प्वालमा भरिएपछि बाहिर निस्कन थालेका सर्पको टोकाइ पनि बढेको छ । सर्पले डसेकाहरु नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका लागि आउने गरेका छन् ।

अस्पतालका चिकित्सक डा पारस पाण्डेका अनुसार, सर्पले डसेका दैनिक करीब १० देखि १२ जना अस्पतालमा उपचारका लागि आउने गरेका छन् । यो वर्षको जेठ र असारमा करीब ५०० सर्पले डसेकाहरु सो अस्पतालमा उपचारका आएका छन् । तीमध्ये विषालु सर्पले डसेका नौ जनालाई एन्टिभेनम औषधि लगाएर बचाइएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

यो क्षेत्रमा नेपालगञ्जस्थित भेरी अस्पताल र बाँकेको राप्तीसोनारी गाउँपालिकाको शम्शेरगञ्ज र बर्दियाको ठाकुरबाबा नगरपालिकाको सइनवारमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पले टोकेकाहरुको उपचार हुँदै आएको छ । रासस

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतबार ००:००