१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण सम्पन्न



बेझाड । प्रदेश नं ५ र गण्डकी प्रदेशलाई जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण गरिएको छ ।

पाल्पाको रामपुर नगरपालिका ६ र स्याङ्जाको चापाकोट नगरपालिका ७ जोड्ने कालीगण्डकी नदी पुल गौरीघाटको हालैमात्र निर्माण कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय पाल्पालाई हस्तान्तरण गरिएको छ ।

जेभी काठमाडौंको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले विसं २०७२ फागुन १६ गते शिलान्यास गरेर पुल निर्माणको काम अगाडि बढाएको हो । एक सय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको १५ करोड ११ लाखको लागतमा निर्माण सम्पन्न भएको निर्माण कम्पनीका प्रतिनिधि एवं चापाकोट नगरपालिका ६ का अध्यक्ष एकदेव भट्टराई बताउछन् ।

“यही असार मसान्तभित्रै पुल निर्माणको काम सम्पन्न गर्न सफल भयौँ, अहिले पुल सञ्चालनमा आइसकेको छ, वर्षाको समय भएकाले मोटरसाइकल पैदल यात्रीबाहेक ठूलाठूला सवारी साधानलाई १५ दिन आवतजावत गर्न रोक लगाइएको छ”, उनले भने ।

कालीगण्डकीमा निर्माण कार्य शुरु भई वर्षौंसम्म अलपत्र अवस्थामा पुल निर्माणको प्रक्रिया रोकिएकाले रातदिन नभनी छिटोछरितारुपमा पुल निर्माणको काम सकिएको भट्टराईले बताए । पक्की पुल नहुँदा गाडीमा वारपार गर्न समस्या झेल्दै आएका चापाकोट नगरपालिका ७ का स्थानीय टुकप्रसाद ढकाल अहिले घरदैलोमै पुल बनेपछि खुशी व्यक्त गरे ।

पुलबाट नदी वारिपारी गाडीमा यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्ने रामपुरका प्रेम दर्जी बताउछन् । पाल्पाको रामपुर नगरपालिका, निस्दी गाउँपालिका, पूर्वखोला गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका लगायतका स्थानीयवासी यस पुलबाट प्रत्यक्ष लाभान्वित भएका छन् । रासस

प्रकाशित मिति : ९ श्रावण २०७६, बिहिबार ००:००