१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लमही–कोइलावास सडक निर्माणमा अवरोध



घोराही । स्थानीयवासीको अवरोधका कारण लमही–कोइलावास सडक निर्माण प्रभावित भएको छ । लमही ४ सेम्रहवाका बासिन्दाले उचित मुआब्जा उपलब्ध गराउनुपर्ने भन्दै अवरोध गरेका हुन् ।

सरकारले सो ठाउँमा प्रतिवर्गमिटर ५० मुआब्जा निर्धारण गरेको छ । मुआब्जामा चित्त नबुझिएपछि स्थानीयवासीले सडक निर्माण रोकेका छन् । जग्गा मासिएपछि लमही ४ का देशुराम चौधरी आफू निकै मर्कामा परेको बताउछन् । “मुआब्जा न्यून भयो, सरकारले उचित मुआब्जा दिनुपर्छ”, उनले भने ।

यस्तै गढवा ६ का राजेश कौशल उचित मुआब्जा नपाउँदासम्म घर भत्काउन नसक्ने बताउछन् । निर्माण अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले सो क्षेत्रको अनुगमन गरेका छन् । उनले चाँडै नै पीडितको माग पूरा गरिने बताए । हुलाकी सडक आयोजनाअन्तर्गत दुई वर्षदेखि लमही–कोइलावास सडक निर्माणको चरणमा छ ।

अहिले सडक निर्माणको जिम्मा ‘कालिका कुमार जेभी कन्सट्रक्सन कम्पनी’ले लिएको छ । ७६ करोडमा उक्त सडक कालोपत्रे थालिएको छ । दुई वर्षमा करीब १५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । रासस

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार ००:००