१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिगो विकासका लागि चाँगुनारायणको कार्ययोजना तयार




भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो नगर क्षेत्रभित्र दिगो विकासका सबै लक्ष्य हासिल गर्ने गरी कार्ययोजना तयार गर्ने घोषणा गरेको छ ।

गैर सरकारी संस्था महासङ्घ जिल्ला शाखाले आयोजना गरेको ‘नेपालमा दिगो विकास लक्ष्य १६ को स्थानीयकरण’ विषयक नगरपालिकास्तरीय अन्तरक्रिया कार्यक्रममा यस्तो घोषणा गरिएको हो । उक्त घोषणा गर्दै नगरप्रमुख सोमप्रसाद मिश्रले शान्ति, न्याय, सुशासन प्रवर्द्धन गर्न सरोकारवाला निकाय तथा सामाजिक सङ्घसंस्थाहरुसँग साझेदारी गर्दै अघि बढ्ने बताए ।

उनले महिला हिंसा अन्त्य, बालअधिकारको सुनिश्चितता, स्वास्थ्यको अवसर, गुणस्तरीय शिक्षा, रोजगारको अवसर सिर्जना र सुरक्षाको प्रत्याभूति गराउने गरी नगरपालिकाले योजना बनाएर कार्य गरिरहेको जानकारी गराए । उनले विश्वले सन् २०३० सम्मका लागि तय गरेका १७ मध्ये नेपालको सन्दर्भमा आवश्यक १६ वटा लक्ष्य निर्धारित समयभन्दा अगावै गर्न नगरपालिका प्रतिबद्व रहेको बताए । रासस

प्रकाशित मिति : ७ श्रावण २०७६, मंगलबार ००:००