१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्माण भएको एक महीनामा नै सिँचाइ कुलो भत्कियो



बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका ११ बल्थलीका किसानले प्रयोग गर्दै आएको सिँचाइ कुलो अविरल वर्षाका कारण माथिबाट गएको पहिरोले भत्किएको छ ।

एशियाली विकास बैंकको दुई करोड ४२ लाखको आर्थिक सहयोगमा पक्की निर्माण गरिएको सो सिँचाइ कुलो ठेकेदार कम्पनीले निर्माण सम्पन्न गरी एक महीना अगाडिमात्रै उपभोक्ता समितिलाई जिम्मा लगाएको थियो । बेथानचोक गाउँपालिका ५ स्थितलड्कु खोलाबाट २०३९ सालदेखि नै त्यहाँका किसानले कुलो बनाएर सिँचाइ सुविधा उपभोग गर्दै आएका छन् ।

सात किलोमिटर टाढादेखि ल्याएको सो सिँचाइ कुलोबाट बल्थली भेगका एक हजार १७२ रोपनी जमीनमा सिँचाइ पु¥याइएको छ तर करीब दुई हप्ता अगाडिदेखि परेको अविरल वर्षाका कारण कुलोमाथिबाट गएको पहिरोले कुलो पुरिनुका साथै ठाउँ–ठाउँमा भत्किए पछि त्यहाँका किसान चिन्तित बनेका छन् । “यो ठाउँको एउटै मात्रै आधार बल्थली सिँचाइ कुलो वर्षाको बाढीले बगाएर क्षति पुगेको छ ।”

बल्थली सिँचाइ उपभोक्ता समितिका उपाध्यक्ष रामप्यारी केसीले भने, “मर्मत गर्न परेको दुई करोड ४२ लाख रकममध्ये ५० हजारको उपभोक्ता समितिबाट र बाँकी सबै ठेकेदारमार्फत सम्पन्न गरी समितिलाई जिम्मा लगाइसकेको थियो, अब फेरि बाढीले पूर्णरुपमा क्षति पुगेको छ ।”

त्यही कुलोको पानीले खेत रोपिसकेको भए पनि अब पानी आवश्यक पर्ने बेलामा कसरी कहाँबाट व्यवस्था गर्ने भन्ने चिन्ता पर्न थालेको अर्का किसान सीताराम केसीले बताए । “कुलोको सबै भाग माथिबाट आएको बाढीले पुरिएको छ”, उनले भने, “तलबाट करीब १२ १३ ठाउँमा पहिरो गएको छ ।” समितिका उपाध्यक्ष केसीले क्षतिको विवरण सङ्कलन गरी वडा र नगरपालिकामा आवश्यक मर्मतको लागि पेश गर्ने तयारीमा रहेको बताए । त्यससँगै सकेसम्मको काम गर्नका लागि सबै उपभोक्तालाई अनिवार्य उपस्थित गराएर मर्मत गर्ने तयारीमा रहेको उनको भनाइ छ ।

सो वडाका वडाध्यक्ष तारामान तामाङले वडाबाट मात्रै मर्मतको लागि सहयोग गर्न सम्भव नरहेकाले माथिल्लो निकायमा नै माग गर्न पहल गर्नुपर्ने बताए । उक्त सिँचाइबाट बल्थली फाँटका किसानले आलु, धान, गोलभेँडा, काउलीलगायत सागसब्जी खेती गरी अर्थोपार्जन गर्दै आएका छन् । रासस

प्रकाशित मिति : ६ श्रावण २०७६, सोमबार ००:००