१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भरतपुर महानगरमा एक वडा एकै रङका घर



भरतपुर महानगरपालिकाले एउटा वडाका घरहरूमा एकै प्रकारका रङ लगाउने भएको छ ।

महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको हो ।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार यसै आर्थिक वर्षबाट निर्माण हुने तथा निर्माण भइसकेका भवनमा तोकिएको रङ लगाई सकेपछि मात्र भवन निर्माण सम्पन्नता प्रमाणपत्र प्रदान दिइने छ ।

पहिलो चरणमा वडा कार्यालयलाई रङको चयन गर्न लगाइँदै छ । सोहीअनुरुप रङ प्रदान गर्न सक्ने वा नसक्ने विषयमा विक्रेतासँग समेत छलफल गरी काम अघि बढाइने सुवेदीले जानकारी दिनुभयो ।

उनका अनुसार महानगरलाई व्यवस्थित, सुन्दर र आकर्षक बनाउन एक वडा एक रङ महत्वपूर्ण हुनेछ । यसले महानगरलाई स्मार्ट बनाउन टेवा पुग्ने जनाइएको छ ।

चालू आर्थिक वर्षको शुरुआती चरणबाट कामलाई अघि बढाइने उहाँको भनाइ छ । महानगरभित्र सामूहिक आवास भवन (अपाटमेन्ट) निर्माण गर्नेलाई नक्सापासमा आधा छुट र अण्डरग्राउण्ड पार्किङ भएको भवनमा १५ प्रतिशत छुट गर्ने व्यवस्थासमेत गरेको छ । रासस

प्रकाशित मिति : ४ श्रावण २०७६, शनिबार ००:००