९ श्रावण २०८१, बुधबार | Wed Jul 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुरकोट–घुर्मी सडक एकतर्फी सञ्चालनमा



काठमाडौं । पुष्पलाल मध्यपहाडी लोकमार्गको खुरकोट–घुर्मी सडक आज साँझदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

गत असार २६ गते राति परेको वर्षाका कारण झण्डै ६० किलोमिटर लामो उक्त लोकमार्गको सयौँ स्थानमा पहिरो खसेर अवरुद्ध भएको थियो ।

सडकको विभिन्न स्थानमा ६ डोजरको प्रयोग गरी पहिरो पन्छाएर आजदेखि यातायात सेवा सञ्चालन एकतर्फी गरिएको र दुईतर्फी खुलाउने प्रयास जारी रहेको सडक आयोजनाका सुपरभाइजर एकराज पौडेलले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा सिन्धुलीले कार्यकर्तालाई आ–आफ्नो क्षेत्रमा भएको सडक अवरोध हटाउन निर्देशन दिएसँगै नेकपाका कार्यकर्ताले समेत सडकमा खसेको पहिरो पन्छाएका थिए । रासस

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार ००:००