१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सैनामैना नगरपालिकाले ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण



रूपन्देहीको सैनामैना नगरपालिकामा बुधबार विभिन्न कृषि उपकरण किसानलाई वितरण गरिएको छ ।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नगरपालिकाको ५० प्रतिशत अनुदानमा किसानहरुलाई ५ मिनी ट्रिलर, एक पावर ट्रिलर, एक रिपर र एक क्यूजल वितरण गर्नुभएको हो ।

सो अवसरमा नगरपालिकाप्रमुख कार्कीले किसानहरुलाई कृषि पेशामा प्रेरित गर्न अनुदानमा कृषि उपकरण वितरण भएको जानकारी दिए ।

“यहाँको कृषि क्षेत्रमा आधुनिकीकरणसँगै प्रविधिको उच्च प्रयोग गर्न नगरपालिकाले योजना बनाइरहेको छ,” कार्कीले भने ।

सामूहिक खेती र एकीकृत कृषि प्रणालीमा जोड दिइएको बताउँदै कार्कीले आफूले पाएको प्रविधिको उपयोग गरी लाभ लिन कृषकहरूलाई आग्रह गरे ।

कृषि उत्पादनमा लागत घट्ने भएकाले किसानलाई उपकरण वितरण गरिएको कृषि सेवा केन्द्र सैनामैनाका अधिकृत साधुशरण यादवले बताए ।

वडा नं ७ का चन्द्रबहादुर राना र टेकबहादुर अर्याल, वडा नं ५ का रामप्रसाद चौधरी, वडा नं ८ का रामप्रसाद पाण्डे, वडा नं १ का मङ्कगरे यादव र देउराली किसान समूहले ती उपकरण अनुदानमा पाएका छन् ।

अनुदान उपकरण पाएपछि खुशी व्यक्त गर्दै सैनामैना– ७ का चन्द्रबहादुर रानाले धान, गहँु र तरकारी खेती गर्न उपकरणको उपयोग हुने बताए । रासस

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार ००:००