५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कचनकवल गाउँपालिकाको बजेट तथा नीति कार्यक्रम सार्वजनिक



भद्रपुर । कचनकवल गाउँपालिकाको चौथो नगरसभाबाट पारित नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

गाउँपालिकाले परम्परागत वितरणमुखी बजेट प्रणालीमा क्रमभङ्ग गर्दै आवश्यकताका आधारमा आर्थिक वर्ष २०७६/७७ मा ४७ करोड ६० लाख बजेट विनियोजन गरेको पालिकाका अध्यक्ष अञ्जार आलमले बताए । अध्यक्ष आलामले चालूतर्फ २० करोड ५८ लाख ४४ हजार र पूँजीगततर्फ २७ करोड १५ लाख छ हजार विनियोजन गरेको बताए ।

उनका अनुसार बजेट तथा कार्यक्रमले पूर्वाधार विकास, कृषिमा आधुनिकीकरण तथा व्यवसायीकरण, शिक्षा क्षेत्रमा गुणात्मक सुधार, स्वास्थ्य सेवामा सुधारसँगै बनियानी स्वास्थ्य चौकीमा मिर्गौला रोगीका लागि डायलासिस सेवा सञ्चालन गरिने, पर्यटन प्रवर्द्धनको क्षेत्रमा विशेष जोड र प्राकृतिक विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ ।

त्यसैगरी पालिकाले चालू आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक दुई हजारका दरले प्रोत्साहनस्वरुप भत्ताको व्यवस्था गरेको छ । सबै बालविकास शिक्षक र विद्यालय कर्मचारीलाई प्रोत्साहनस्वरुप वार्षिक पाँच हजार प्रदान गरिने उपप्रमुख निमसरी राजवंशीले बताइन् । रासस

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ००:००