६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भब्सी खोलामा बेलिब्रिज निर्माण कार्य शुरु



गौशाला । गत शुक्रबार मध्यरातमा भीषण वर्षासँगै आएको बाढीले पूर्व पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासमा रहेको भब्सी खोलाको पुल बगाएकामा सो पुलमाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको छ ।

राजधानीबाट सोमबार नै बेलिब्रिज निर्माणका लागि आवश्यक उपकरणहरु महोत्तरी आइपुगेकामा आजदेखि भब्सी खोलामाथि बेलिब्रिज निर्माण कार्य शुरु भएको महोत्तरीका प्रजिअ उमेशकुमार ढकालले बताए ।

भब्सी पुल बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने गाडीहरु महोत्तरीको गौशाला, माईस्थान, औरही, लक्ष्मिनियाँ लगायतका थप २० २५ किलोमिटर वैकल्पिक बाटो भएर गन्तव्यतिर जाने गरेका छन् । दैनिक पाँच हजारभन्दा बढी सवारी तथा मालवाहक साधन आवतजावत हुने सो पुल बाढीले बगाएपछि पूर्व पश्चिम राजमार्गमा चल्ने यात्रुहरुलाई निक्कै सास्ती बेहोर्नुपरेको छ ।

दुई दर्जन सडक अवरुद्ध

भीषण बाढीका कारण महोत्तरी जिल्लाका दुई दर्जन सडक सञ्जाल अवरुद्ध भएका छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार अविरल वर्षासँगै आएको बाढीले जिल्लाको ४२ वटा सडक सञ्जालमध्ये २४ वटा सडक सञ्जाल क्षतिग्रस्त भई अवरुद्ध भएको प्रजिअ ढकालले बताए ।

तराई मधेशको लाइफलाइन भनिएको हुलाकी सडक, जलेश्वर–जनकपुर सडक, जलेश्वर–सम्सी सडक, जलेश्वर–भ्रमरपुरा हुँदै जनकपुर जोड्ने सडक, जलेश्वर–मटिहानी सडक, जलेश्वर–रौजा सडक लगायत जिल्लाको प्रमुख सडकसहित दुई दर्जन सडक बाढीले गर्दा अवरुद्ध भएका छन् । प्रजिअ ढकालले क्षतिग्रस्त सडकहरु आउँदो पाँच दिनभित्र पूर्णरुपेन मर्मत भई सञ्चालन भइसक्ने बताए । रासस

प्रकाशित मिति : १ श्रावण २०७६, बुधबार ००:००