२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाउँपालिकालाई धुवाँमुक्त बनाउन ग्यास चुलो वितरण



तुलसीपुर । गाउँपालिकालाई धुवाँमुक्त बनाउने अभियानअन्तर्गत दाङको राजपुर गाउँपालिकाले १५४ घरधुरीलाई ग्यास वितरण गरिएको छ । वडामा रहेको ६५४ घरधुरीमध्ये गत वर्ष ५०० घरधुरीलाई वितरण गरिएको र यस वर्ष बाँकी रहेका १५४ जनालाई वितरण गरिएको हो ।

वडा नं ५ मा ग्यास सिलिन्डर तथा चुलो वितरण गरिएको गाउँपालिका अध्यक्ष लोकराज केसीले जानकारी दिएका छन् । राजपुरको विकट मानिने सो वडामा धेरैजसोले खाना पकाउन दाउराको प्रयोग गर्दा स्वास्थ्यलाई असर गर्नु तथा आगलागीको पनि जोखिम हुने भएकाले सबैलाई ग्यास वितरण गरेको वडा कार्यालयले जानकारी दिएको छ ।

राजपुर गाउँपालिका ग्रामीण क्षेत्र भएकाले र यस क्षेत्रमा लामो समयदेखि दाउराबाट निस्किने धुवाँबाट क्षयरोग, दम बढ्नुका साथै आगलागीको जोखिम बढेको वडाध्यक्ष नरेन्द्रसिंह भण्डारीले जानकारी दिए । नौ लाख रकममा ग्यास सिलिण्डर र चुलो वितरण गरिएको हो । रासस

प्रकाशित मिति : ३१ असार २०७६, मंगलबार ००:००