१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वालिङ नगरपालिकाको बजेट ६५ करोड




असार १८, वालिङ । वालिङ नगरपालिकाको छैटौं नगरसभाले आगामी आर्थिक वर्ष २०७६÷७७ का लागि ६५ करोड ६७ लाख ५७ हजार बजेट सार्वजनिक गरेको छ ।

वालिङ नगरपालिकाका उपप्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक कल्पना तिवारीले पाँचौं नगरसभामा प्रस्तुत बजेट तथा कार्यक्रम पारित भएसँगै पत्रकार सम्मेलन गरी आज सार्वजनिक गरिएको हो ।

नगरपालिकाको आन्तरिक स्रोततर्फ चार करोड ५० लाख, गतवर्षको मौज्दात एक करोड, स्रोत उपयोगबाट प्राप्त बाँडफाँडबाट ११ करोड २८ लाख, अन्तर सरकार वित्तीय हस्तान्तरण समानीकरण अनुदानबाट १५ करोड ७४ लाख, सशर्त अनुदान शिक्षा, स्वास्थ्यतर्फको ३० करोड ५६ लाख तथा प्रदेश सरकार वित्तीय समानीकरण अनुदानबाट एक करोड २८ लाख २७ हजार बजेट छुट्याइएको छ ।

त्यस्तै प्रदेश सरकार सवारी साधन राजश्व बाँडफाँड अनुदान ७६ लाख ३० हजार सडक बोर्ड नेपालबाट ५५ लाख गरी कूल ६५ करोड ६७ लाख ५७ हजार रुपैयाँ छैटौं नगरसभाबाट पारित भएको नगर प्रवक्ता केदार काफ्लेले बताए ।

त्यस्तैगरी थप माग गरिएका आयोजना तथा कार्यक्रम सञ्चालन प्रक्रिया अगाडि बढाउनका लागि नगरकार्यपालिकाको बोर्डलाई अधिकार प्रत्यायोजन गरिएका थप आयोजना तथा कार्यक्रममा सङ्घीय सरकारको समपूरक अनुदान ६० प्रतिशत र ४० वालिङ नगरपालिकाको सहभागिता रहनेगरी पाँच करोड रहेको छ ।

सङ्घीय सरकारको विशेष अनुदान ५० प्रतिशत र नगरपालिकाको सहभागिता ५० प्रतिशत गरी चार करोड, प्रदेश सरकारको विशेष अनुदान ५० प्रतिशत र नगरपालिकाको ५० प्रतिशत गरी तीन करोड, संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम ९युनडिपी० आयोजना तथा कार्यक्रम एक करोड, द एशिया फाउण्डेशनबाट एक करोड आठ लाख एक हजार २१ गरी कूल १४ करोड ८ लाख एक हजार २१ रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यसअघि नगरसभामा नगरप्रमुख दिलीपप्रताप खाँणले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको दफावार छलफल प्रस्तुत गरेका थिए । नगरपालिकाको नीति कार्यक्रम तथा बजेटमा नगरपालिकालाई स्मार्ट सिटी निर्माणको गतिलाई आत्मसात गरी छिटोभन्दा छिटो स्मार्ट सिटीमा अवतरण गर्ने सहजताका लागि ‘कृषि, उद्योग, ब्यापार, पर्यटन, सूचना प्रविधि र पूर्वाधार–स्मार्ट सिटी वालिङ निर्माणको छ आधार’ अभियानलाई अगाडि सारिएको छ ।

नगरप्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्य, शिक्षा र पूर्वाधारलगायत सामाजिक तथा समावेशी विकासमार्फत समृद्ध नगर निर्माण गर्ने, कृषि सिँञ्चाइ, पर्यटन क्षेत्रको विकास गरी आत्मनिर्भर नगरपालिकाको दिशामा अग्रसर हुने, नगरबाट प्रदान गरिने सेवा प्रवाहको गुणस्तर बढाइ नगर सरकारको अनुभूतिसहित सुशासनको प्रत्याभूति दिन नगरको बजेट केन्द्रित रहने बताए ।

बजेटका उद्देश्य हासिल गर्न र बजेटका प्राथमिकता कार्यान्वयन गर्न सङ्घीय सरकार, प्रदेशसँग एकता, समन्वय र साझेदारी गरी निजी क्षेत्र, नागरिक समाज, राजनीतिक दल सङ्घ संस्थासँग सहकार्य गर्दै प्रभावकारी कार्यान्वयनमा जोड दिइने नगरप्रमुख खाँणले बताए । रासस

प्रकाशित मिति : १८ असार २०७६, बुधबार ००:००