१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महाकाली झोलुङ्गे पुलमा सौर्यबत्ती जडान




असार १७, कञ्चनपुर । एशियाकै नमुना मानिएको भीमदत्त नगरपालिकाको महाकाली नदीमाथि बनाइएको ‘मल्टीस्पान पेडेस्ट्रेन’ झोलुङ्गे पुलमा पर्यटक आकर्षण बढाउन सौर्यबत्ती जडान गरिएको छ ।

नेपाल पर्यट बोर्ड र नगरपालिकाको साझेदारीमा झोलुङ्गे पुल सौन्दर्यकरण कार्यक्रमअन्र्तगत सौर्यबत्ती जडान गरिएको हो । पर्यटन बोर्ड र नगरपालिकाको गरी ११ लाखको लागतमा सौर्यबत्ती जडान गरिएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए । पुलमा नौ वटा सौर्यपाता जडान गरिएका छन् ।

“पुलमा रातिका बेला स्थानीय बासिन्दालाई हिँडडुल गर्न सहजता प्रदान गर्न र पुलको साँझपखको दृश्य नियाल्न आउने पर्यटकलाई आकर्षित गर्न सौर्यबत्तीले मद्दत पु¥याउनेछ”, उनले भने । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रुपमा रहेको उक्त पुल नजिकै नगरपालिकाले सुविधा सम्पन्न शौचालय निर्माणको कार्यसमेत शुरु गरेको छ ।

स्थानिय पूर्वाधार कार्यक्रमअन्र्तगत १० लाखको लागतमा शौचालय निर्माण हुन लागेको हो । पर्यटक बढाउन झोलुङ्गे पुल नजिक नदी किनारमा ५० लाखको लागतमा वनभोजस्थल र उद्यान बनाउन थालिएको छ । नगरपालिकाले वनभोजस्थल र उद्यान निर्माणका लागि गुरु योजना बनाई कार्य अगाडि बढाइएको हो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र झोलुङ्गे पुल आउने पर्यटकहरुलाई मध्यनजर गरी वनभोजस्थल र उद्यान बनाउन लागिएको बताइएको छ । चार बिगाहाभन्दा बढी जमिनमा वनभोजस्थल र उद्यानका लागि तारबार गरी भौतिक संरचना निर्माणको कार्य अगाडि बढाइएको छ ।

झोलुङ्गे पुल आउने पर्यटकलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हात्तीसारमा हात्ती र नजिकको जमुनाभाडीमा चित्तलको अवलोकन तथा त्यसपछि राना थारु घरबासमा आदिवासी समुदायको संस्कृति अवलोकन गराउने लक्ष्यसहित वनभोजस्थल र उद्यान निर्माणको योजना नगरपालिकाले अघि सारेको छ ।

चालू आर्थिक वर्षमा वनभोज तथा बाल उद्यान क्षेत्रमा शौचालय, बसपार्कसहितका पूर्वाधार निर्माणका लागि बजेट विनियोजन गरिएको छ । रासस

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार ००:००