१९ कार्तिक २०८३, बुधबार | Thu Nov 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दमकको उत्तरी क्षेत्रमा हात्ती आतङ्क

लेखक स्थानीय खबर/संवाददाता १७ असार २०७६, मंगलबार १ मिनेट पढाइ


असार १७, दमक । दमकको उत्तरी क्षेत्रका बस्तीमा हात्ती आतङ्क फैलिएको छ । दमक वडा नं ३ दुम्सेस्थित जङ्गल नजिकको बस्तीमा वर्षायामका समयमा जङ्गली हात्ती पसेपछि रातैभर त्यहाँका बासिन्दाले त्रासमा रात कटाउनुपरेको छ ।

हंसेदुम्से वनबाट हात्तीको समूह नै बस्तीमा प्रवेश गरेपछि त्यहाँको जनजीवन त्रासपूर्ण बन्दै गएको दमक ३ का वडाध्यक्ष नवीन बरालले जानकारी दिए । उनका अनुसार जङ्गलबाट निस्किएको हात्तीले त्यहाँका किसानको अन्नबालीसहित घरमा क्षति पु¥याउँदै आएको छ । हात्तीले खेतमा पाकेको मकै, धान खाइदिने गरेको उनले बताए ।

स्थानीय दलबहादुर राई र हेमसागर पोखरेलको खेतमा केही दिनअघि मकैबाली खाएर नोक्सानी पु¥याएको हो । हात्तीका कारण त्यस क्षेत्रका बासिन्दाले सधैँ त्रासमा रातभर जाग्राम बस्नुपर्ने भएको वडाध्यक्ष बरालले गुनासो सुनाए । बेलाबखत हात्ती बस्तीमा पसेपछि रातैभर हात्तीको त्रासमा जाग्रामजस्तै बसाइँ हुने गरेको वडाध्यक्ष बरालले बताए ।

जङ्गली हात्तीका कारण वर्षेनी सो क्षेत्रमा एक दुई जनाको ज्यानै जानेसम्मका घटना भएका छन् भने अन्नबाली र घरमा दैनिकजसो क्षति पु¥याउने गरेको छ । रासस

प्रकाशित मिति : १७ असार २०७६, मंगलबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।