२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरेन्द्रनगर नगरपालिकाः नगरसभा सम्पन्न




असार १६, वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाको पाँचौँ नगरसभा सम्पन्न भएको छ । नगरसभाले चालूतर्फ ७४ करोड ९३ लाख ३८ हजार तथा पूँजीगततर्फ ४५ करोड तीन लाख बराबरको बजेट स्वीकृत गरेको छ ।

असार १० गते उपप्रमुख मोहनमाया ढकालले उक्त बजेट स्वीकृतिका लागि पेश गरेकी थिइन् । नगरपालिकाले सबै स्वास्थ्य संस्थाबाट महिलालाई महीनामा एक प्याकेट सेनेटरी प्याड निःशुल्क वितरण गर्ने कार्यक्रम ल्यएको छ । यसका लागि आगामी आर्थिक वर्षमा २० लाख विनियोजन गरेको छ ।

यस्तै आगामी वर्षदेखि महिलाका लागि ‘महिला सीप विकास केन्द्र स्थापना’ गर्ने, गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, ज्येष्ठ नागरिकका लागि डे केयर सञ्चालनमा ल्याउने लगायतका कार्यक्रमको व्यवस्था गरेको छ । नगरपालिकाले ‘मैले खोजेको अधिकार, मेरा लागि महिला स्वरोजगार’अन्तर्गत महिलाका लागि सीप विकास प्रशिक्षण स्थापना गर्ने र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रम ल्याएको छ । ‘सुन्दर नगर बनाऊँ मिलीजुली, सडक तथा घरमा बत्ती झिलिमिली’ नारालाई आत्मसात् गरी हालसम्म विद्युत् प्रसारण लाइन विस्तार नभएका वडा नं १५ र १६ मा विद्युत् लाइन विस्तार गरिने भएको छ । यसका लागि एक करोड ५० लाख विनियोजन गरिएको छ ।

‘लिँदैन म फोहर, घरमै बनाउँछु मोहर’ अभियानका साथ नगरपालिकाका केही वडामा शून्य फोहरोन्मुख नीतिगत तथा संस्थागत क्षमताको विकास गरिने कार्यक्रममा उल्लेख छ । आगामी आवमा कम्तीमा २५ टोलको फोहर सङ्कलन गरिने उपप्रमुख ढकालले बताइन् । ‘एक घर, दुई बिरुवा, हामी सबै कुरुवा’ कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।

यस्तै ‘सेवा दिने घरघरबाट, सरकारी काम कम्प्युटरबाट’ नारासहित प्रविधिमैत्री नगरको अवधारणालाई एकीकृत सफ्टवेयरका माध्यमबाट कर प्रणाली, बजार निगरानी, नक्साङ्कन, योजना सम्झौतालगायत कार्यक्रम ल्याइएको छ । विद्युतीय हाजिरी विद्यालय र स्वास्थ्य संस्थासम्म पु¥याइने कार्यक्रम छ । नगरसभाले वीरेन्द्रनगर बजार व्यवस्थापन, अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी विधेयक, २०७६ समेत स्वीकृत गरेको छ । रासस

प्रकाशित मिति : १६ असार २०७६, सोमबार ००:००