२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ हजार ५ सय सडक बत्ती जडान गर्दै काठमाडौं महानगर



असार १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरका मुख्य र सहायक सडकमा गरेर झण्डै एक हजार ५०० सडक बत्ती जडान शुरु गरेको छ । ‘मेयर उज्यालो कार्यक्रम’ मार्फत महानगरपालिकाले रातको समयमा यात्रु र सवारीसाधनलाई सहज बनाउन सडक बत्ती जडान गत वर्षदेखि शुरु भएको हो ।

चालु आवमा बाँकी स्थानमा जडान गरिने महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले बताए । उनका अनुसार महानगरले सडक बत्ती जडान नीति तथा कार्यक्रममा राख्दै त्यसका लागि बजेट छुट्टाएको छ । गतवर्ष केही स्थानमा जडान भएकामा बाँकी सडकमा यस वर्ष बत्ती जडान भइसक्ने उनले बताए । उनले भने, “यस वर्षभरमा एक हजार ६०० वटा बत्ती जडान भइसक्ने हामीले अनुमान गरेका छौँ ।”

महानगरका मुख्य मात्रै नभएर भित्री सडकमा समेत सडक बत्ती जडान हुने प्रवक्ता डङ्गोलले बताए । कामनपाले वडा कार्यालयमार्फत कार्यक्रम सञ्चालन गर्नै बताएको छ । महानगरपालिकाले सडकमा बत्ती जडान गर्ने, ट्राफिक बत्ती राख्ने, सडक चिन्ह राख्नेसँगै हाइमास (चोकमा राखिने ठूला बत्ती) जडान गरिरहेको छ । नौ मिटरभन्दा बढी चौडाइमा सडक निर्माणको काम सङ्घीय सरकारले गरेपनि सडकसम्बन्धी अरु काम महानगरपालिकाले गरिरहेको छ । रासस

प्रकाशित मिति : १५ असार २०७६, आइतबार ००:००