९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बालश्रममुक्त वडा बनाउन मेयरको संयोजकत्वमा समिति गठन



असार १४, दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं ६ लाई बालश्रममुक्त वडा बनाउनका लागि समिति गठन गरेको छ ।

आगामी भदौ २९ गते परेको राष्ट्रिय बाल दिवसका अवसरमा वडालाई बालश्रममुक्त वडा घोषणा गर्न तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको संयोजकत्वमा ५१ सदस्यीय मूल समिति गठन गरिएको हो ।

साथै १३ सदस्यीय कार्यदल तथा पाँच वटा विभिन्न उपसमिति गठन गरिएको छ । शनिबार तुलसीपुरमा सरोकारवालासँग अन्तक्रिया गरी समिति तथा उपसमिति गठन गरिएको हो ।

समितिमा पत्रकार महासङ्घ, यातायात, होटल व्यवसायी, उद्योग वाणिज्य सङ्घ, बाल सञ्जाल, युवा सञ्जाल, अधिकारकर्मीलगायत रहेका छन् ।

आर्थिक तथा सचिवालय व्यवस्थापन, अनुगमन मूल्याङ्कन तथा प्रमाणीकरण, सूचना तथा सञ्चार, पुनःस्थापना तथा उद्धार र घोषणा गरी पाँच वटा उपसमिति गठन गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोग तथा नवजागरण महिला तथा बालसंरक्षण केन्द्र (न्यूसिपिसी) को आयोजनामा यसअघि वडाका सम्पूर्ण घरमा पुगेर स्थलगत अध्ययन गरिएको थियो ।

त्यसक्रममा वडामा १३ जना बालश्रमिक देखिएको भन्दै अब ती १३ जना बालश्रमिकलाई भदौ महीनाभित्रै विभिन्न समितिले उद्धार गर्नेसमेत वडाध्यक्ष नवराज लामिछानेले बताए ।

जसमा घरेलुमा, होटल, निर्माण, यातायात, ग्यारेज गरी सात जना बालक र छ जना बालिकाले श्रम गरिरहेको अध्यक्ष लामिछानेले बताए । रासस

प्रकाशित मिति : १४ असार २०७६, शनिबार ००:००