३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुखीपुर नगरपालिकाः नगरसभा स्थगित गर्न माग




असार १०, लहान । आफुहरुसँग कुनै सल्लाह नै नगरी गुपचुप रुपमा नगरसभा गर्न खोजिएको भन्दै सिरहाको सुखीपुर नगरपालिका उपपप्रमुखसहित पाँच वडाध्यक्षले नगरसभा स्थगनको माग गरेका छन् ।

नगरप्रमुख रामऔतार यादवले सरसल्लाह नगरी आगामी आर्थिक वर्ष २०७६÷०७७ को नगरसभा गर्न लागेको भन्दै उपप्रमुख रेणुदेवी साहसहित वडाध्यक्ष हरिवंश महतो, रामेश्वर साह, शैलेन्द्र कामती, विजयकर्ण दास र रामलखन महतोले प्रेस विज्ञप्ति जारी गरी नगरसभा स्थगित गर्न माग गरेका छन् ।

उपप्रमुख साहले आव ०७४÷०७५ र ०७५÷०७६ को हरहिसाब पटक पटक सार्वजनिक गर्न आग्रह गर्दासमेत नगरप्रमुख यादवले हालसम्म यसतर्फ गम्भीर नभएको गुनासो गरिन् । सुखीपुर नगरपालिकामा कूल १० वडा रहेको छ । रासस

प्रकाशित मिति : १० असार २०७६, मंगलबार ००:००